२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

खोटाङमा १५ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ

shivam cement
२०८१ साउन २३ गते १३:२५
Shares
खोटाङमा १५ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ

खोटाङः खोटाङमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ऐसेलुखर्क गाउँपालिका-४ जलेश्वरी सुन्तलाबोटे बस्ने ३२ वर्षीय नरेश भन्ने शुसील खत्रीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

खत्रीले ती किशोरीलाई विभिन्न प्रलोभनमा पारी ललाई फकाई गत वैशाख २५ गते रातिदेखि गत जेठ ३२ गते रातिसम्म पटकपटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

जिल्ला अदालत खोटाङबाट ५ दिन म्याद थप अनुमति लिई घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ  ।

सम्बन्धित खबर