२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

गृहमन्त्री लामिछानेमा राजनीतिक नैतिकता नदेखिएको नेता पौडेलको आरोप 

Nada
२०८१ जेठ २६ गते १५:१९
Shares
गृहमन्त्री लामिछानेमा राजनीतिक नैतिकता नदेखिएको नेता पौडेलको आरोप 

काठमाडौँ : नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमा राजनीतिक नैतिकता नदेखिएको आरोप लगाएका छन् ।  संसदीय छानबिन समिति गठन भइसक्दा पनि सत्तामै बसिरहनु सान्दर्भिक नभएको भन्दै उनले यस्तो आरोप लगाएका हुन् । 

ncell

शनिवार काठमाडौंमा आयोजित ‘वर्तमान राजनीतिक अवस्थामा नेपाली कांग्रेसको भूमिका’ विषयक कार्यक्रममा बोल्दै उनले सहकारी विषयमा छानबिन समिति बनिसकेपछि पनि पदमा बसिरहनु ‘नांगो भइसकेपछि पनि आफूलाई कपडा लगाएको ठान्नु’ जस्तै भएको बताएका छन् ।  उनले नैतिकता बोध नगरिने अभ्यास नेपाली राजनीतिमा एउटा गम्भीर विषय रहेको बताए । 

‘कांग्रेसले ७३ लाख जनता जोडिएको एउटा मुद्दालाई निर्णायक मोडमा पुर्‍याएको छ । कांग्रसले यो मुद्दा उठाइसकेपछि बाध्य भएर कतिपय पार्टीहरू जोडिएको अवस्था हो । सत्तालाई सम्पूर्ण रूपमा दुरुपयोग मुद्दा उठ्न नदिन, गुपचुप राख्न, प्रमाण लुकाउन सम्पूर्ण रूपमा अहिलेको सत्तारुढ गठबन्धन लागेको स्थिति थियो,’ उनले अगाडि भने, ‘हामीले संसदीय समिति गठन गरेर जसमाथि छानबिन गर्न खोजिरहेका छौं उहाँले राजीनामा दिनुपर्दैन भनेर फकाउने काम भएको छ ।’

उनले नेपाली राजनीतिमा जसलाई प्रश्न छ उनलाई छानबिन गरिएको र तिनै व्यक्तिले सत्ता चलाउने खालको अभ्यास भइरहेको भन्दै त्यस्तो प्रवृत्ति कांग्रेसले अन्त्य गरेर छाड्ने जिकिर गरे । 
 

ताजा खबर

सम्बन्धित खबर