२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै

ADV
मध्यान्ह
२०८१ साउन २४ गते ११:४१
कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै

काठमाडौँ : नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । आज विभिन्न ११ वटा एजेण्डामा छलफल हुँदै छ । बुधबारदेखि शुरू भएको बैठकले छलफलका लागि संगठन सुदृढीकरण र राष्ट्रिय राजनीतिका विभिन्न एजेण्डा तय गरेको हो ।

महासमिति बैठकबाट पारित प्रस्तावहरू, राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा भएको सहमति, सय दिने सांगठानिक अभियान, अनुशासनको कारबाहीका लागि भएका सिफारिस सम्बन्धमा र पार्टीका विभिन्न तहमा रिक्त स्थानका पदपूर्ति सम्बन्धीका एजेन्डाहरूमा छलफल हुने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

यसैगरी भ्रातृ संघ तथा शुभेच्छुक संस्था र निर्देशक समितिलगायत कार्यसम्पादनका निर्णय सम्बन्धमा, क्रियाशील सदस्यता वितरण प्रक्रिया सम्बन्धमा, जनसम्पर्क समिति सम्बन्धमा, नियमावली संशोधन प्रस्ताव सम्बन्धमा, नेपाली कांग्रेस ‘जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका– ८१’ सम्बन्धमा र समसामयिक राजनीति र अन्य विविध विषयमा छलफल गर्नेगरी एजेन्डा बनाइएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise