२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

हमासका सैन्य नेता मुहम्मद ओदेहको मृत्यु भएको इजरायलको दाबी

Nada
२०८३ जेठ १३ गते १५:४९
Shares
हमासका सैन्य नेता मुहम्मद ओदेहको मृत्यु भएको इजरायलको दाबी

काठमाडौँ : इजरायली रक्षा बलले गाजामा हमासको सैन्य बलको नयाँ नेता तथा अक्टोबर –७ को नरसंहारको मुख्य योजनाकार मुहम्मद ओदेहको इजरायली आक्रमणमा मृत्यु भएको दाबी गरेको छ ।

ncell

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षामन्त्री इजरायल काट्जको निर्देशनमा भएको अपरेसनमा ओदेहको मृत्यु भएको इजरायली प्रधानमन्त्री कार्यालय (पीएमओ)ले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेको छ ।

ओदेहले अक्टोबर –७ को नरसंहारको समयमा हमासको गुप्तचर स्टाफको प्रमुखको रूपमा सेवा गरेको र दुई हप्ता अघि मात्र सैन्य प्रमुखको रूपमा नियुक्त गरिएको जनाइएको छ । ओदेह धेरै इजरायली नागरिक र आईडीएफ सैनिकहरूको हत्या, अपहरण र घाइतेको घटनाको लागि पनि जिम्मेवार रहेको जनाइएको छ ।

बेन्जामिन नेतान्याहूले सामाजिक सञ्जाल एक्समा सन् २०२३ अक्टोबर –७ को नरसंहारमा संलग्न सबैलाई हटाउने प्रतिबद्धता पुष्टि गरेका छन् ।

यसै बीच, इजरायलले कारबाही बढाए पछि दक्षिणी लेबनानमा आफ्नो आक्रमण जारी राखेको अल जजिराले जनाएको छ । दुई वटा हवाई आक्रमण बुर्ज राहलमा भएको थियो, भने टायर जिल्लाको कवथरियात अल–रुजमा शक्तिशाली आक्रमण भएको रिपोर्ट गरिएको थियो । इजरायली सेनाले श्रीफा सहरमा दुई वटा र टायर जिल्लाको बुर्ज राहलमा एउटा हवाई आक्रमण गरेको जनाएको छ । अस–सवाना सहर मर्जायुन जिल्लाको कब्रिखामा छापा मारेको अल जजिराले जनाएको छ ।

मङ्गलबार दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा ३१ जनाको मृत्यु हुनुका साथै ४० जना घाइते भएको अल जजीराले जनाएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार सेनालाई हेजबुल्लाह विरुद्ध अझै कडा अप्रेसन सञ्चालन गर्न निर्देशन दिएका थिए ।

सम्बन्धित खबर