२०८२ असार ८ गते आइतवार / Jun 22 , 2025 , Sunday
२०८२ असार ८ गते आइतवार
Ads

एमालेलाई राष्ट्रिय राजनीतिको निर्णायक शक्तिमा पुर्‍याउनुपर्छ : ओली

shivam cement
मध्यान्ह
२०८१ जेठ २६ गते १६:३७
एमालेलाई राष्ट्रिय राजनीतिको निर्णायक शक्तिमा पुर्‍याउनुपर्छ : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई राष्ट्रिय राजनीतिको निर्णायक शक्तिका रुपमा विकसित गर्न काठमाडौंका अगुवा र कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

एमालेको काठमाडौं जिल्लाको सातौं अधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले मुलुकका राजनीतिक स्थायित्वसहित विकास र समृद्धिका लागि पार्टीलाई अग्रस्थानमा पुर्‍याउनुपर्ने बताए । अध्यक्ष ओलीले काठमाडौंको पार्टी संगठन विभिन्न आरोह अवरोह पार गर्दै यहाँसम्म आइपुगेको र संकटका घडीमा कार्यकर्ताले पार्टीलाई जोगाएर सुदृढ पार्टीका रुपमा कायम राखेको स्मरण गरे । “यद्यपि गत निर्वाचनमा हामीले बहुमत ल्याउन सकेनौं । पार्टीभित्र कतिपय आन्तरिक समस्या र प्रतिनिक्रियावादीका अनेक झुट र षड्यन्त्रका कारणले बहुमत ल्याउन सकिएन । अबका दिनमा त्यस्ता झुट र षड्यन्त्रलाई हामीले पराजित गर्न सक्नुपर्छ ।’’

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जिल्लाको पार्टी कामको वस्तुनिष्ठ समीक्षा गर्न प्रतिनिधिलाई आग्रह गर्दै आगामी दिनमा जनमत हासिलमा श्रेष्ठ हुने गरी काम गर्नुपर्ने खाँचो औंल्याए । उनले हाल पार्टीभित्र नीति र नेतृत्वमा विवाद नभएकाले सकेसम्म सहमतिका आधार र नभएमा स्वच्छ प्रतिस्पर्धाका आधारमा अघि बढ्न सुझाव दिए ।

कार्यक्रममा पार्टीकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले काठमाडौंका जनताले एमालेलाई अग्रस्थानमा पुर्‍याउनुपर्नेमा जोड दिइन् । एमाले काठमाडौं इञ्चार्ज आनन्द पोखरेल र बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेलले अधिवेशनले पार्टीलाई आगामी निर्वाचनमा श्रेष्ठ हुन सक्ने गरी काम गर्न आग्रह गरे । कार्यक्रममा सो जिल्ला कमिटीका यसअघि अध्यक्ष वा सचिव भइ नेतृत्व गरेका नेताहरु युवराज कार्की,  सुरेन्द्र पाण्डे, कृष्णगोपाल श्रेष्ठ, रामेश्वर फुयाँल, सानुकुमार श्रेष्ठ, निर्मल कुइँकेल, कृष्ण राईलाई सम्मान गरिएको थियो । तीन दिनसम्म चल्ने अधिवेशनमा काठमाडौंका दश पालिकाबाट गरी पाँच सय ८५ प्रतिनिधि सहभागी छन् ।

ADV

सम्बन्धित खबर

Advertise