२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

इरानसँगको सम्झौताबारे राष्ट्रपति ट्रम्पको बैठकबाट अझै निष्कर्ष आउन सकेन

Nada
२०८३ जेठ १६ गते १८:१०
Shares
इरानसँगको सम्झौताबारे राष्ट्रपति ट्रम्पको बैठकबाट अझै निष्कर्ष आउन सकेन

काठमाडौँ  : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग युद्ध विराम लम्ब्याउने ढाँचाबारे छलफल गर्न आफ्ना मुख्य सहयोगीहरूसँग भएको बैठक निष्कर्षविहीन भएको छ । वासिङ्टनको ‘अन्तिम धारणा’ बनाउन शुक्रवार आफ्ना मुख्य सहयोगीहरूसँग बैठक गरेका थिए । 

ncell

उनले इरानले कहिल्यै परमाणु अस्त्र वा बम राख्न नपाउने हर्मुजको साँघुरो जलमार्गमा ‘दुईतर्फी रूपमै बिना अवरोध पारवहन’ पुनः सञ्चालन गर्ने र जलमार्गमा रहेका सबै खानीहरू ‘नष्ट’ गर्न तेहरान सहमत हुनुपर्ने बताएका छन् । 

ह्वाइ हाउसको ‘सिचुएसन रुम’मा उक्त बैठक भएको थियो। त्यस कक्षलाई मुख्य संकटहरूसँग जुझ्न गरिने आन्तरिक छलफलका लागि प्रयोग गरिन्छ।

इरानले यसअघि आफ्नो परमाणु कार्यक्रमबारे वार्ता नभइरहेको बताएको थियो। उसले आफ्नो परमाणु कार्यक्रम पूर्णतः नागरिक उद्देश्यका लागि भइरहेको बताउँदै आएको छ ।

यसअघि बिहीवार अमेरिकी अधिकारीहरूले दुई देशले सम्झौताको एकखाले ढाँचामा सहमति जनाएको बताएका थिए। तर त्यसमा ट्रम्प र इरानको नेतृत्वको स्वीकृति आउने काम बाँकी रहेको उनीहरूको भनाइ थियो ।

सम्बन्धित खबर