काठमाडौं : जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई स्पष्टीकरण सोधेको छ । पार्टीको निर्देशन विपरीत काम गर्न थालेको भन्दै जनमत पार्टीले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधेको हो ।
मुख्यमन्त्री सिंहमाथि मन्त्रालय बाँडफाँट र राज्यमन्त्रीहरु थप गर्दा पार्टीसँग समन्वय नगरेको तथा सरकारको कामभन्दा अनावश्यक उद्घाटनहरुमा समय खर्चिएको र पार्टीले दिएको निर्देशन बेवास्ता गरेको मुख्यमन्त्री सिंहमाथि आरोप छ ।
बजेट बनाउने क्रममा सांसदहरुलाई ५ करोड दिने भनेर विवादास्पद अभिव्यक्ति दिएर पार्टीको छविमा आँच पुर्याएकाले पनि मुख्यमन्त्रीलाई स्पष्टीकरण सोधिएको जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले जानकारी दिए ।