२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

नेपाललाई १० स्वर्ण

Nada
माधवप्रसाद घिमिरे
२०८३ असार १ गते २०:०५
Shares
नेपाललाई १० स्वर्ण

ललितपुर : इन्डो नेपाल आशिहारा कराते प्रतियोगितामा नेपालले १० स्वर्ण सहित २ कांस्य र १ रजत पदक प्राप्त गर्न सफल भएको छ  ।

ncell

जुन १३ र १४ तारिखमा भारतको उत्तर बंगालको मैनागुरीमा भएको कराते प्रतियोगितामा नेपालले स्वर्ण, कांस्य र रजत गरी १३ पदक हासिल गर्न सफल भएको हो ।

इन्डो नेपाल आशिहारा कराते च्याम्पियनसिपमा आइकेओ क्योकुसिनकाई नेपालका १३ जना खेलाडीले प्रतियोगितामा भाग लिएको नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने मुख्य रेफ्री समिर श्रेष्ठले जानकारी दिए ।

आइकेओ क्योकुसिनकाई नेपालका ब्रन्च चिफ दीपक लामाका अनुसार उक्त प्रतियोगितामा पुरुषतर्फ नेपाली खेलाडीहरू ६५ केजी तौल समूहमा साहिर श्रेष्ठ, ६० केजी तौल समूहमा सोनाम मोक्तान, ५५ केजी तौल समूहमा रेशाङ सुनुवार, ५० केजी तौल समूहमा निलष्ट देव रेग्मी, ४५ केजी तौल समूहमा शेसेहाङ यौंग्य लिम्बू र ३५ केजी तौल समूहमा तिर्थमान जिम्माले स्वर्ण पदक हासिल गर्न सफल भएका हुन् ।

त्यस्तै महिलातर्फ ५० केजी तौल समूहमा विनिशा राई, ४० केजी तौल समूहमा अञ्जु श्रेष्ठ, ३५ केजी तौल समूहमा आसिया श्रेष्ठ र उषा रानामगरले स्वर्ण पदक हासिल गरे । ३५ केजी तौल समूहमा बुधेश तामाङ र सुरन तामाङले कांस्य पदक हात पार्दा ४० केजी तौल समूहका नियोग मगरले कांस्य पदक प्राप्त गरे ।

इन्डो नेपाल आशिहारा कराते प्रतियोगितामा भाग लिन नेपालबाट १३ खेलाडीसहित ब्रान्चचिफ दीपक लामा, मुख्य प्रशिक्षक समिर श्रेष्ठ, प्रशिक्षकद्वय उत्तम स्थापित र दिनेश स्याङ्तानको टोली यही जेठ २८ गते भारततर्फ प्रस्थान गरेको थियो ।

ताजा खबर

सम्बन्धित खबर