२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

‘जनतामा निराशा आउन दिनुहुँदैन’

shivam cement
२०८१ साउन २६ गते १४:५७
Shares
‘जनतामा निराशा आउन दिनुहुँदैन’

भक्तपुर : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘अब देशमा  केहि  हुन्छ’ भन्ने सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने खाँचो औँल्याएका छन् । उनले भने,“ स्वदेश मै केहि गर्न सकिन्छ भन्नेतर्फ युवालाई आकर्षित गर्नुपर्छ । यसका लागि राज्यले उचित वातावरण तयार गर्न समन्वकारी भूमिका निर्वाह गर्नुपर्छ ।  समाजमा गौरव गर्ने कुरा धेरै छन् ।  केही छैन, भन्ने सोच्नु हुँदैन । आर्थिक समृद्धि र विकासमा केहि पनि भएन भन्ने होइन ।” 

नेपाली कांग्रेसका नेता एवं शिक्षासेवी श्यामबहादुर कार्कीको १७औँं स्मृति दिवसका अवसरमा बालकोटमा आज आयोजित  कार्यक्रममा महामन्त्री थापाले जनतामा निराशा आउन नदिन सरकारले विशेष ध्यान पु¥याउनुपर्ने बताए । उनले भने, “देशमा केही नभएको भाष्य निर्माण गर्न खोजिदैको छ , यसलाई चिर्नुपर्छ ।  विकास भइरहेको छ,  अझै गर्नुपर्छ र गर्न सकिन्छ भन्ने विश्वास युवालाई जगाउनुपर्छ ।”

महामन्त्री थापाले देशैभरका प्रजातन्त्र सेनानीको अभिलेख तयार पारी पार्टीको अभिलेखमा राख्ने र  दश करोडको अक्षय कोष खडा गर्ने नीति पार्टीले लिएको जानकारी दिए । उनले कोषबाट प्राप्त रकम प्रजातन्त्र सेनानीका सन्ततीको शिक्षा र स्वास्थ्यमा उपयोग गरिने तयारी बताए । सो कार्यक्रममा  कांग्रेसका जिल्ला सभापति सांसद दुर्लभ थापा, बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, कांग्रेस नेता रामप्रसाद दवाडी, प्रदीप कार्कीलगायतले श्यामबहादुर कार्कीले पुर्याएको योगदानको बारेमा चर्चा गरे ।

कार्यक्रममा गणेश आधारभुत विद्यालय बालकोटका १०८ बालबालिकालाई झोला एवं शैक्षिक सामग्री वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष विष्णुराज कार्कीले जानकारी दिए । सो अवसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको सहयोगमा भएको रक्तदानमा ६१ जनाले रक्तदान गरेका थिए।

ताजा खबर

सम्बन्धित खबर