२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

फिफाबाट निलम्बनमा पर्‍यो एन्फा

Nada
२०८३ असार ११ गते १०:००
Shares
फिफाबाट निलम्बनमा पर्‍यो एन्फा

काठमाडौँ : अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । 

ncell

फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६ अनुसार एन्फामाथि निलम्बनको निर्णय गरेको जनाएको छ । फिफा विधानको धारा १३ अन्तर्गतका सदस्यता सुविधाहरू पनि तत्काल प्रभावबाट निलम्बित भएका छन् । 

फिफाका अनुसार निलम्बन अवधि कायम रहुञ्जेल एन्फासम्बद्ध राष्ट्रिय टोली तथा नेपाली क्लब टोलीहरूले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन् ।

फिफाले एन्फामाथिको निलम्बन अर्को निर्णय नभएसम्म लागू रहने स्पष्ट गरेको छ । 

ताजा खबर

सम्बन्धित खबर