२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

चौथो नेसनल गोल्डेन एथलेटिक्स मिट सुरु

Nada
२०८३ असार ११ गते १७:०१
Shares
चौथो नेसनल गोल्डेन एथलेटिक्स मिट सुरु

काठमाडौं : एथलेटिक्स परिवार नेपालको आयोजनामा ‘चौथो नेसनल गोल्डेन एथलेटिक्स मिट २०२६’ सुरु भएको छ । एथलेटिक्स खेलको विकास र खेलाडीहरूको प्रतिभा प्रवर्धन गर्ने उद्देश्यका साथ काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यो प्रतियोगिता सञ्चालन हुन भएको हो ।

ncell

आयोजककाअनुसार खेलहरू ११ र १२ गते दुई दिनसम्म चल्नेछ । एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले प्रतियोगिता सुरु भएको जानकारी दिँदै खेलकुद महोत्सवले खेलाडीहरूको प्रतिभा प्रवर्धन गर्ने बताए ।

यस प्रतियोगिताले सहभागी खेल टोली र खेलाडीहरूको हौसला बढाउनुका साथै नेपाली एथलेटिक्सको स्तरवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने उनको अपेक्षा छ ।

ताजा खबर

सम्बन्धित खबर