२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

भेनेजुएलाका भुकम्पपीडितलाई नेयमारको साढे दुई लाख डलर सहयोग

Nada
२०८३ असार १५ गते १५:५३
Shares
भेनेजुएलाका भुकम्पपीडितलाई नेयमारको साढे दुई लाख डलर सहयोग

काठमाडौं : भेनेजुएलामा गत बुधबार गएको भूकम्पबाट पीडित भएकाहरूलाई ब्राजिलियन लोकप्रिय फुटबलर नेयमार जुनियरले साढे दुई लाख अमेरिकी डलर सहयोग गरेका छन् । 

ncell

भेनेजुएलाकाे स्पेनी भाषाको मिडिया एल सुमारियोलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेअनुसार नेयमारले उद्धार र मानवीय सहायताका लागि उक्त रकम प्रदान गरेका हुन् । उक्त सहायताबारे नेयमारले भनेका छन्, ‘मेरो हृदय भेनेजुएलाका जनताको पक्षमा छ ।’ 

भेनेजुएलाको भूकम्पमा परेर १ हजार ४ सय जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने चालिस हजारभन्दा धेरै भौतिक संरचनामाभित्र हराइरहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । 

चोटका कारण झण्डै तीन वर्ष मैदानबाहिर रहेका नेयमार फिफा विश्वकपको पछिल्लो एक खेलमा केही मिनेट मात्र मैदानमा प्रवेश गरेका छन् । धेरैपछि ब्राजिलको जर्सीमा खेल्दा उनका आँखा रसाएका थिए ।

ताजा खबर

सम्बन्धित खबर