२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

बागलुङमा पर्यटक बढेपछि होटेलमा लगानी थपिँदै

ADV
मध्यान्ह
२०८१ साउन २७ गते १२:०९
बागलुङमा पर्यटक बढेपछि होटेलमा लगानी थपिँदै

बागलुङ : शिक्षण पेसा छाडेर विगत २० वर्षदेखि होटेल व्यवसायमा लागेकाकाठेखोला गाउँपालिका–७, रेशका तालबहादुर कुँवरले जिल्लामा पर्यटकको आगमन बढेसँगै लगानी पनि बणएका छन् । उनले सञ्चालन गरेको होटेल यहाँ ‘भीआईपी’ होटेलका रूपमा परिचित भएको छ ।

सानो घरमा चार कोठाबाट व्यवसाय थालेका उनले व्यवसाय बढाएका छन् । उनको होटेलमा २४ कोठा छन् भने लगानी बढेर दुई करोड पुगेको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेसँगै यहाँका अन्य उद्यमीले पनि सुविधासम्पन्न होटेल सञ्चालन गर्न थालेका छन् ।

बागलुङ बजारको अस्पताल रोडमा अर्को ३० कोठे होटेल सञ्चालनको अन्तिम तयारीमा छ । यो यहाँको सबैभन्दा सुविधासम्पन्न होटेल हुने लगानीकर्ताहरूले दाबी गरेका छन् ।

जिल्लामा पर्यटक आउन थालेपछि ठूला होटेलको आवश्यकता परेको उद्यमी कुँवर बताउँछन् । उनले जिल्लामा तारेहोटल आवश्यक भएको बताए । विसं २०६५ देखि बागलुङमा होटेल व्यवसाय गर्दै आएका अर्जुन चोखालले होटेल व्यवसायमा चार करोड लगानी गरिसकेका छन् ।

कालिका मन्दिर, विश्वकै दोस्रो लामो झोलुंगे पुल, बन्जी पुल, पञ्चकोट, शालग्राम सङ्ग्रहालयजस्ता पर्यटकीय गन्तव्यका कारण यहाँ प्रशस्त मात्रामा स्वदेशी पर्यटक आउने गरेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise