२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

जनार्दन शर्माको प्रस्ताव : प्रचण्डलाई संरक्षकको भूमिकामा राखेर युवालाई नेतृत्व हस्तान्तरण गरौँ

ADV
मध्यान्ह
२०८१ साउन २७ गते १२:५७
जनार्दन शर्माको प्रस्ताव : प्रचण्डलाई संरक्षकको भूमिकामा राखेर युवालाई नेतृत्व हस्तान्तरण गरौँ

काठमाडौँ : नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्न सुझावसहित तीन प्रस्ताव पेस गरेका छन् । 

उनले नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने गरी तीन प्रस्ताव पेस गरेका हुन् । उनले पार्टीको जारी स्थायी समिति बैठकमा पार्टी नेतृत्वका बारेमा तीन प्रस्ताव पेस गरेका हुन् । 

उनले नेतृत्व पुस्तान्तरण गर्ने हो भने अध्यक्ष प्रचण्डले संरक्षकको भूमिकामा रही वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्न  प्रस्ताव गरेका छन् । शर्माको प्रस्तावमा अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न, बाँकी समय उनको भूमिकालाई सुनिश्चित गर्न, वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठानिक क्षेत्रको भूमिका उनले चाहेको व्यक्तिलाई नेतृत्व हस्तान्तरण गर्ने गर्नुपर्ने उल्लेख छ । 

हालका पदाधिकारीहरू सल्लाहकारको भूमिकामा रही विभागीय काम, अनुगमन, मूल्यांकन, स्कुलिङ, प्रशिक्षण गर्ने र तेस्रो तहका युवाहरूलाई कार्यकारी सांगठानिक नेतृत्व हस्तान्तरण गर्ने शर्माको प्रस्ताव छ । 

शर्माले यो प्रस्ताव साउन २५ गतेदेखि सुरु स्थायी कमिटी बैठकमा प्रस्तुत गरेका हुन् । सो बैठकमा उनले ‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ शीर्षकमा १४ पृष्ठ लामो प्रस्ताव पेस गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise