२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

माओवादी स्थायी समिति बैठकको समय सर्‍यो

ADV
मध्यान्ह
२०८१ साउन २८ गते १२:३५
माओवादी स्थायी समिति बैठकको समय सर्‍यो

काठमाडौँ : नेकपा माओवादी केन्द्र स्थायी समिति बैठकको समय सरेको छ । आज बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा तय भएको बैठक दिउँसो २ बजेलाई सारिएको हो ।

शुक्रबारदेखि शुरू भएको बैठकमा पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक परिस्थिति, विचारको विकास, पार्टी निर्माण लगायतका विषयमा मौखिक प्रस्ताव राखेका थिए ।

उनको प्रस्तावमाथि नेताहरूले चर्को बहस गरेका छन् । खासगरी पार्टीको नीति र नेतृत्वको सम्बन्धमा जनार्दन शर्मा, वर्षमान पुन, राम कार्की लगायत नेताहरूले प्रश्न उठाएको नेताहरूले बताएका छन् ।


 

ADVADV

सम्बन्धित खबर

Advertise