२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

रास्वपाले बोलायो संसदीय दलको बैठक

ADV
मध्यान्ह
२०८१ साउन २८ गते १३:४४
रास्वपाले बोलायो संसदीय दलको बैठक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । बैठक मंगलबार बिहान साढे १० बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।

बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, प्रस्तावित जलन सम्बन्धी गैरसकारी विधेयक, संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) र अन्य छलफलका चरणमा रहेका विधेयकमाथि छलफल गरिने उनले बताए ।

रास्वपाले प्रतिपक्षमा बसेर निर्वाह गर्ने भूमिका लगायतका बारेमा पनि छलफल गर्ने बताइएको छ ।

मंगलबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै छ । त्यसअघि संसदीय दलको बैठक बस्न लागेको हो ।

ADVADV

सम्बन्धित खबर

Advertise