२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

उपेन्द्र यादवको रिटमा सुनुवाइ हुँदै

ADV
मध्यान्ह
२०८१ जेठ २७ गते १०:३६
उपेन्द्र यादवको रिटमा सुनुवाइ हुँदै

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवको पार्टी फुटविरुद्धको रिटमा आज सुनुवाइ हुँदै छ ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको रिट सुनुवाइ नसकिएपछि हेर्दा हेर्दैमा राखिएको थियो । 

निर्वाचन आयोगको आफ्नो पार्टी फुटाउनेहरूलाई वैधता दिएको भन्दै आयोगको निर्णय बदर गर्न माग गर्दै यादवले गत वैशाख ३१ मा रिट दायर गरेका थिए । 

यादवको रिटमा न्यायाधीश विनोद शर्माको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै निर्वाचन आयोगका निर्णय यथावत् राख्न आदेश गरेको थियो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise