२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

भ्रष्टाचारको मुद्दामा हदम्याद अस्वीकार्य : रास्वपा

ADV
मध्यान्ह
२०८१ साउन २९ गते १२:१४
भ्रष्टाचारको मुद्दामा हदम्याद अस्वीकार्य : रास्वपा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भ्रष्टाचारको मुद्दामा हदम्याद अस्वीकार्य भएको बताएको छ ।

मंगलबार बसेको पार्टीको संसदीय दलको बैठकले भ्रष्टाचार निवारणसम्बन्धी कानूनमा हदम्याद राख्ने विषय स्वीकार्य नहुने निष्कर्ष निकालेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

बैठकमा राज्य व्यवस्था समितिमा विचाराधीन भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयकबारे भएको छलफलपछि उक्त निष्कर्ष निकालिएको हो ।

भ्रष्टाचारको आशंका हुँदा कुनै पनि बेला छानबिन गरेर मुद्दा चल्न अवस्था हुनुपर्ने रास्वपाको भनाइ छ ।

सरकारले ल्याएको विधेयकमा ५ वर्षे हदम्याद प्रस्ताव गरिएको छ भने कांग्रेसले यसको विरोध गरेको छ ।

यस्तै बैठकले प्रस्तावित जलन सम्बन्धी गैरसरकारी  विधेयक अघि बढाउने निर्णय पनि गरेको छ । 
 

ADVADV

सम्बन्धित खबर

Advertise