२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

पोर्चुगल पठाइदिन्छु भन्दै ५ लाख ठगी गर्ने महिला पक्राउ

ADV
मध्यान्ह
२०८१ साउन २९ गते १६:४५
पोर्चुगल पठाइदिन्छु भन्दै ५ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौंः वैदेशिक रोजगारमा पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक महिला आइतबार पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३१ बानेश्‍वर बस्ने कैलाली गोदावरी नगरपालिका–२ घर भएकी २७ वर्षीया दीपा चन्द रहेकी छिन् ।

दीपाले आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ३५ हजार रूपैयाँ लिई  सम्पर्क विहीन भएको भन्ने उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई  भक्तपुर ठिमीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise