२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

खाजा घरको आवरणमा गाँजा कारोबार

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ साउन २४ गते २१:४७
Shares
खाजा घरको आवरणमा गाँजा कारोबार

रौतहट : रौतहटको सदरमुकाम गौरमा खाजा घरको आवरणमा अवैध रूपमा लागुऔषध गाँजाको कारोबार भइरहेको खुलासा भएको छ । प्रहरीले विशेष सूचनाका आधारमा छापा मार्दै १२५ पुरीया गाँजासहित एक जना सञ्चालकलाई पक्राउ गरेको छ ।

ncell

पक्राउ पर्नेमा गौर नगरपालिका–६ निवासी ३४ वर्षीय शुभ नारायण साह रहेका छन् । उनले गौर नगरपालिका–३ मा सञ्चालन गर्दै आएको ‘काजल स्टील रेलिङ’ नामक खाजा घरबाटै लामो समयदेखि गाँजाको अवैध बिक्री वितरण गर्दै आएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शनिबार मध्याह्न करिब १२ बजे प्रहरी टोलीले उक्त खाजा घरमा खानतलासी गरेको थियो । सो क्रममा काउन्टरमा राखिएको र्‍याकभित्र कालो प्लास्टिकको झोलामा लुकाई–छिपाई राखिएको अवस्थामा बिक्रीका लागि तयार पारिएका १२५ पुरीया गाँजा बरामद गरिएको हो । बरामद गाँजाको तौल करिब ७०० ग्राम रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले गाँजासहित साहलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय गौरमा राखेर लागुऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान अघि बढाएको छ ।

पछिल्लो समय गौर तथा आसपासका क्षेत्रमा साना खाजा घर र पसलको आवरणमा लागुऔषधको अवैध कारोबार भइरहेको जनगुनासो बढ्दै गएपछि प्रहरीले निगरानी कडा बनाएको जनाएको छ । अवैध लागुऔषध कारोबार नियन्त्रणका लागि जिल्लाभर सूक्ष्म निगरानी र अपरेशन सञ्चालन भइरहेको तथा यस्ता गतिविधिमा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याइने प्रहरीले स्पष्ट पारेको छ ।

ताजा खबर

सम्बन्धित खबर