२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

बेचन झाविरुद्ध अदालतमा मुद्दा दर्ता

ADV
मध्यान्ह
२०८१ साउन ३० गते १२:३४
बेचन झाविरुद्ध अदालतमा मुद्दा दर्ता

काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झाविरुद्ध पूरक अभियोग दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले झाविरुद्ध जिल्ला अदालत काठमाडौँमा अभियोग दर्ता गरेको हो ।

सरकारी वकिलले बेचनलाई ठगी, लिखत किर्ते, राज्य विरुद्ध र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ । नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा झाबाट २८ करोड ८१ लाख ७४ हजार रकम असुल गर्नुपर्ने सरकारी मागदावी छ । मुलुकी अपराध संहिता–२०७४ को दफा २५४ बमोजिम प्रतिवादीबाट पीडितहरूलाई रकम भराउन मागदावी लिइएको छ । 

तर, अदालतमा दायर अभियोग पत्रमा समावेश झाको बयानमा उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूलाई थाहै नभएको जिकिर गरेका छन् । उनले आफूविरुद्ध बयान दिने कसैलाई पनि नचिनेको पनि बताएका छन् । झालाई नेपाल प्रहरीको विशेष टोलीले पक्राउ गरेर १५ असारमा नेपाल ल्याएको थियो ।
 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise