२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

भेरी जिप दुर्घटना : आठ दिनपछि भेटियो एक जनाको शव, अर्का व्यक्ति अझै बेपत्ता

Nada
प्रदीप मगर
२०८३ भदौ ३ गते २०:१३
Shares
भेरी जिप दुर्घटना : आठ दिनपछि भेटियो एक जनाको शव, अर्का व्यक्ति अझै बेपत्ता

सल्यान : छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत सल्यानको बन्गाड कुपिण्डे नगरपालिका–१ अम्रानजिकै भेरी नदीमा जिप खसेको आठ दिनपछि एक जनाको शव भेटिएको छ । दुर्घटनामा बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव फेला परेको हो । 

ncell

कुमाख गाउँपालिका–५ का २४ वर्षीय हेमराज बुढाथोकीको शव ब्रह्मताल गाउँपालिका–४ अन्तर्गत भेरी नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरीले शवलाई सुर्खेत अस्पताल लगिएको जनाएको छ ।

दुर्घटनामा बेपत्ता भएका सिद्धकुमाख गाउँपालिका–४ का ४३ वर्षीय भीमबहादुर रानाको अवस्था भने अझै अज्ञात रहेको छ । उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक दीपक पातलीले  जानकारी दिए ।

जिपमा चार जना सवार थिए । दुर्घटनामा बन्गाड कुपिण्डे नगरपालिका–१ आपखोलीका २९ वर्षीय प्रेम विक र २१ वर्षीय खुमलाल बुढाथोकी घाइते भएका थिए । उनीहरू पौडी खेलेर नदी किनारमा निस्कँदै ज्यान बचाउन सफल भएका थिए । स्थानीय अस्पतालमा उपचारपछि दुवै जना घर फर्किएका थिए ।

जिप सडकबाट करिब ५० मिटर तल खसेर भेरी नदीमा पुगेको थियो । दुर्घटनापछि बेपत्ता भएका दुई जनाको खोजीमा सुरक्षाकर्मी तथा स्थानीयवासी जुटेका थिए । रानाको खोजी कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर