२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

टिआरसी विधेयकमा सहमति हुनु खुसीको विषय : प्रधानमन्त्री

ADV
मध्यान्ह
२०८१ साउन ३० गते १४:०३
टिआरसी विधेयकमा सहमति हुनु खुसीको विषय : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया थालनी भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्यायसम्बन्धी कानूनमा सहमति हुनु शान्तिका पक्षधरहरूका लागि खुसीको विषय भएको बताएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा समसामयिक विषयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहमतिका साथ कानून पारित हुने चरणमा पुगेकाले पारित भएका कानूनलाई कार्यान्वयन गर्न सरकारले यथेष्ट सहजीकरण गर्ने स्पष्ट गरे ।

हामीले दुनियाँका लागि एक नमुनाका रूपमा शान्ति प्रक्रिया अगाडि बढाएका छौँ, प्रधानमन्त्री ओलीले भने-'द्वन्द्वलाई मूल प्रवाहका साथै द्वन्द्वबाट अलगथलग भएका पक्षहरूलाई उत्थान गर्ने गरी हामी अघि बढेका छौँ ।' उनले यो सफलता दुनियाँका लागि उपयोगी हुन सक्ने बताए । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise