२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

दलहरूले पूर्वराजालाई नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्थ्यो : राजेन्द्र लिङ्देन

ADV
मध्यान्ह
२०८१ साउन ३० गते १६:५७
दलहरूले पूर्वराजालाई नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्थ्यो : राजेन्द्र लिङ्देन

काठमाडौँ : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नोबेल शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन योगदान गरेका पूर्वराजालाई दलहरूले नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्ने बताएका छन् । 

बुधबार टीआरसी विधेयकमाथि संसदमा भएको छलफलमा भाग लिएका लिङ्देनले हिंसात्मक द्वन्द्व हारजितमा नभई सम्झौताबाट टुंगिएको बताए । सम्झौताको एउटा पक्ष तत्कालीन राजा पनि भएको भन्दै उनले भने, ‘तपाईँहरूले आज राजालाई सम्झिनुपर्थ्यो । जसले राजगद्दीलाई छोड्न तयार भएर शान्ति प्रक्रियालाई साथ दियो, यति पूर्वाग्रही हुनुहुन्न ।’

आ-आफ्नो राजनीतिक दर्शन तथा मान्यताहरू हुने भन्दै उनले भने, ‘शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने राजाको योगदान छैन ? दलहरूले त राजालाई शान्ति प्रक्रियामा योगदान पुर्‍याएबापत नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्थ्यो ।’ आफूले बहुमत पाउनेबित्तिकै सबै बिर्सिएर अगाडि बढ्दा दुर्घटना हुने लिङ्देनले बताए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise