२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

जसपा नेपालले चार महिने संगठन विस्तार जनअभियान सञ्चालन गर्ने

ADV
मध्यान्ह
२०८१ साउन ३० गते १८:०७
जसपा नेपालले चार महिने संगठन विस्तार जनअभियान सञ्चालन गर्ने

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपाल केन्द्रीय समिति बैठकले सङ्गठन विस्तारका लागि चार महिने जनअभियानमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

यही साउन २७ गतेदेखि शुरू भई आज सम्पन्न केन्द्रीय समिति बैठकले सदन र सडकमा बलियो उपस्थिति जनाउँदै संगठन निर्माणका लागि जनअभियानमा होमिने निर्णय गरेको हो । बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको राजनीतिक, सांगठनिक एवं जनअभियानको प्रतिवेदन राय सुझावसहित सर्वसम्मतले पारित गरेको छ । बैठकले भूगोल, क्षेत्र, योग्यता, क्षमता र विविधताका आधारमा संगठन निर्माण एवं जनअभियानका लागि केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरेको छ । 

यही भाद्र ९ गते काठमाडौँमा औपचारिक कार्यक्रम गरी पार्टी अध्यक्ष यादवले जनअभियानको उद्घाटन गर्नेछन्  । प्रथमचरणमा जनअभियान चार महिनाको लागि मङ्सिर मसान्तसम्मको लागि तोकिएको छ । पाँच लाख नयाँ संगठित क्रियाशील सदस्य थप्न चार महिने संगठन निर्माण अभियान चलाउने प्रस्तावलाई केन्द्रीय समितिले पारित गरेको थियो । 

बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवले आगामी २०८४ को निर्वाचनसम्म सम्पूर्ण पार्टी पंक्तिलाई संगठन निर्माणमा होमिन निर्देशन दिए । उनले जसपा नेपाललाई बलियो शक्तिको रूपमा स्थापित गर्नेगरी जनतामाझ पुग्न आग्रह गरे ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise