काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटी सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।
आज बिहान १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा प्रचण्डले केन्द्रीय कमिटी सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने बताइएको छ ।
गत शुक्रबारदेखि शुरू भएको स्थायी कमिटी बैठकमा पार्टीभित्रका समस्या र समाधानका विषयमा छलफल हुँदै आएको छ ।
उपमहासचिव जनार्दन शर्माले लिखित धारणा राख्दै अध्यक्ष प्रचण्डको विकल्पमा तेस्रो पुस्ताका युवालाई नेतृत्व दिनुपर्ने प्रस्ताव राखेका थिए ।
बैठकमा धारणा राख्ने अन्य नेताहरूले पनि नेतृत्व र नेताहरूको कार्यशैलीमा प्रश्न उठाएका छन् । साथै पार्टीको नाम र चुनाव चिह्न फेर्नुपर्ने लगायतका आवाज पनि बैठकमा उठेका छन् । यी सबैको सवालको जवाफ आज प्रचण्डले दिने भएका छन् ।