२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

दुईवटा संसदीय समितिका सभापति आज चयन हुँदै

shivam cement
२०८१ साउन ३१ गते ११:१०
Shares
दुईवटा संसदीय समितिका सभापति आज चयन हुँदै

काठमाडौँ : संघीय संसद्को दुई समितिमा आज सभापति चयन हुने भएको छ ।  यसअघि नै दुई समितिको सभापतिका लागि उम्मेदवारी दर्ता भइसकेको छ ।

संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापति आज चयन गर्न लागिएको हो ।

संसदीय सुनुवाइ समितिमा कांग्रेसकी ईश्वरीदेवी न्यौपाने र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूलयांकन समितिमा एमालेका ठाकुर गैरेले उम्मेदवारी दर्ता गराएका छन् ।

दुवै समितिको सभापतिका लागि एकल उम्मेदवारी परेकोले उनीहरु आजै निर्वाचित हुनेछन् । दुवै समितिको बैठक आज दिउँसो तीन बजे बस्दैछ । 
 

ताजा खबर

सम्बन्धित खबर