२०८२ असार ५ गते बिहिवार / Jun 19 , 2025 , Thursday
२०८२ असार ५ गते बिहिवार
Ads

मुकुल ढकालले रास्वपालाई बुझाए स्पष्टीकरण, उठाए रविमाथि प्रश्न

shivam cement
मध्यान्ह
२०८१ साउन ३१ गते ११:५०
मुकुल ढकालले रास्वपालाई बुझाए स्पष्टीकरण, उठाए रविमाथि प्रश्न

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालले पार्टीले साधारण सदस्यबाट समेत बर्खास्त गर्ने तयारीस्वरुप सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् ।

रास्वपाले बुधबार सोधेको स्पष्टीकरणको जवाफ उनले बिहीबार पार्टी सभापति रवि लामिछानेलाई सम्बोधन गरी लिखितरूपमा पठाएका हुन् । रास्वपाले बुधबार ढकाललाई ‘तपाईंलाई साधारण सदस्यसमेतबाट किन निष्कासन नगर्ने ?’ भनेर २४ स्पष्टीकरण मागेको थियो ।

जवाफ लेख्दै उनले आफूमाथि यसअघि गरिएको कारबाहीसम्बन्धी कागजतको प्रमाणित प्रतिलिपि उपलब्ध गराइदिन पठाएको पत्र दर्ता नै नगरी थप कारबाही गरिएकोप्रति आपत्ति जनाएका छन् ।

साथै जवाफमा उनले पार्टी सभापति रवि लामिछानेमाथि प्रश्नसमेत गरेका छन् । उनले लेखेका छन्, ‘तपाईं रवि लामिछाने, पार्टी सभापतिलाई सम्बोधन गरी ममाथि गरिएको भनिएको कारबाहीको कागजात प्रमाणहरूको प्रमाणित प्रतिलिपि उपलब्ध गरिपाऊँ भनी लेखिएको पत्र पार्टी कार्यालयमा दर्ता नगरी यसरी उल्टै स्पष्टीकरणको पत्र पठाउनु तपाईं रवि लामिछानेले पार्टीमा विधि विधान विपरीत, थितिरहित हैकमे निरंकुश शासन चलाइरहेको स्पष्ट हुन्छ, मैले आजसम्म तपाईंलाई होस् वा अन्य कुनै पनि नेतालाई झुटो आरोप लगाएको छैन, ती सबै सत्यमा आधारित छन् । तपाईंले ममाथि स्पष्टीकरण सोध्नुअघि आफू नैतिक धरातलमा खडा भएको पुष्टि गर्न सक्नुपर्छ । नैतिकरूपले पतीत हुनु भएको छैन भने प्रश्नहरूको जवाफ दिन अनुरोध गर्दछु ।’ 

उनले सहकारी ठगी मुद्दामा सभापति लामिछानेमाथि पार्टीबाटै स्वतन्त्र छानबिन समिति किन गठन नहुने भन्दै प्रश्न गरेका छन् ।

सभापति लामिछानेले आजको दिनसम्म आफ्नो कुनै गल्ती छैन, आफूमाथि छानबिन वा अनुसन्धान पनि हुन नसक्ने जिकिर गर्दै समग्र पार्टी र आम नेपाली जनतालाई पटक-पटक ढाँटेको ढकालको दाबी छ ।

ADV

सम्बन्धित खबर

Advertise