२०८३ कार्तिक ९ गते सोमवार / Oct 26 , 2026 , Monday
२०८३ कार्तिक ९ गते सोमवार

भिजन एन्ड भ्यालुको पहलमा साढे ३० लाख सहयोग

Nada
२०८३ भदौ २६ गते ०६:२०
Shares
भिजन एन्ड भ्यालुको पहलमा साढे ३० लाख सहयोग

काठमाडौं : कम्पास कतारले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाली नागरिकका लागि २० हजार अमेरिकी डलर (३० लाख ४४ हजार रुपैयाँ बराबर)को सहयोग गरेको छ ।

ncell

कम्पास कतारले नेपालमा आफ्नो साझेदार संस्था तथा अग्रणी म्यानपावर कम्पनी भिजन एन्ड भ्यालु ओभरसिज प्रा.लि.मार्फत बिहीबार उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको छ ।

अर्थमन्त्री डा. वाग्लेले नेपालमा उत्पन्न विपत्तिको अवस्थामा मानवीय सेवाका लागि कम्पास कतारले प्रदान गरेको सहयोग स्मरणीय रहेको भन्दै धन्यवाद र आभार व्यक्त गरे ।

कम्पास कतारले प्रभावित समुदायसँग सहयोग र ऐक्यबद्धताको सानो संकेतका रूपमा उक्त रकम योगदान गर्न पाउँदा खुसी लागेको बताएको छ ।

सहयोग रकम हस्तान्तरणका लागि नेपाल आएका कम्पनी सञ्चालक हदम अलावीले यस कठिन समयमा आफूहरू नेपालको साथमा रहेको भन्दै बाढीबाट प्रभावित नेपाली जनतालाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले कम्पनीले प्रदान गरेको रकम बाढी प्रभावित क्षेत्रमा प्रभावितहरूको स्वास्थ्य, शिक्षा, मेडिकल, तालिम, आवासजस्ता विषयमा सदुपयोग होस् भन्ने चाहेको पनि उल्लेख गरे ।

विशेषगरी हस्पिटालिटी सेक्टरमा नेपालबाट जनशक्ति लैजाने उक्त कम्पनीमा हाल पनि १ हजार ४ सयभन्दा बढी नेपालीले काम गरिरहेको अलावीले बताए । उक्त कम्पनीमा नेपालसहित ५० देशका श्रमिकले काम गरिरहेका छन् । कम्पनीमा नेपालीले गरेको योगदान उच्च रहेको पनि अलावीले उल्लेख गरे ।

सहायता हस्तान्तरण कार्यक्रममा भिजन एन्ड भ्यालुका सञ्चालक पदमराज पौडेल, म्यानपावरका कार्यकारी निर्देशक अनिल पन्थी, कम्पास कतारका रिलेसन तथा रिक्रुटमेन्ट सुपरभाइजर बिजोलगायतको उपस्थिति रहेको थियो ।

भिजन एन्ड भ्यालुले यसअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राइम बैंकमार्फत १ लाख ५० हजार रुपैयाँ नगद तथा एक गाडी खाद्यान्न सहयोग गरेको थियो ।

सम्बन्धित खबर