२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

एमालेसँग विश्वासको मत माग्दै मुख्यमन्त्री पाण्डे

shivam cement
२०८१ जेठ २७ गते १६:१७
Shares
एमालेसँग विश्वासको मत माग्दै मुख्यमन्त्री पाण्डे

गण्डकी : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशसभामा  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँग विश्वासको मत दिन आग्रह गरेका छन् । सोमबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लाग्नुुभएका उनले आज पत्र लेखेर उक्त आग्रह गरेका हुन् । 

नेपालको संविधान र प्रदेशसभा नियमावली २०८० ले व्यवस्था गरेबमोजिम आफूले २०८१ जेठ २८ गते दिनको ३ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्न लागेको मुख्यमन्त्री पाण्डेको पत्रमा उल्लेख छ । “स्थायित्व र जनआकाङ्क्षाअनुरुप प्रदेशको समग्र विकास तथा उन्नति हामी राजनीतिक दलबीचको सहकार्य र समन्वयबाट मात्रै सम्भव छ”, उनले भनेका छन् ।
    
राजनीतिक दलबीचको सहकार्यबाट स्थिर सरकार निर्माण गरी प्रदेशलाई दिगो विकासको दिशामा अगाडि बढाउन आफुले प्रस्ताव गरेको विश्वासको मतको प्रस्तावका पक्षमा गण्डकी प्रदेशसभामा रहेका एमालेका प्रदेशसभा सदस्यले मतदान गरी सहयोग गरिदिन मुख्यमन्त्री पाण्डेले पत्रमा उल्लेख गरेका छन् । उक्त पत्र प्रदेशसभामा कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले एमालेका मुख्य सचेतक गोविन्द नेपालीलाई हस्तान्तरण गरेका छन् । 

ताजा खबर

सम्बन्धित खबर