२०८२ कार्तिक १९ गते बुधवार / Nov 05 , 2025 , Wednesday
२०८२ कार्तिक १९ गते बुधवार
Ads

इजराइलका ४ बन्धक छुटाउन २२० भन्दा धेरै प्यालेस्टिनीको हत्या  

shivam cement
२०८१ जेठ २७ गते १६:४०
Shares
इजराइलका ४ बन्धक छुटाउन २२० भन्दा धेरै प्यालेस्टिनीको हत्या  

काठमाडौँ । इजराइलले २२० जनाभन्दा धेरै प्यालेस्टिनी मारेर आतंककारी समूह हमासको कैदमा रहेका आफ्ना चार नागरिकलाई शनिबार रिहा गराएको छ।

हमासले मध्य गाजास्थित नुसेरत शरणार्थी शिविरमा आफ्ना नागरिकलाई कैद राखेको सूचना पाएपछि इजराइलले ध्वंसात्मक सैनिक कारबाही गरेर रिहा गराएको हो।

इजराइलले सुरूमा आफ्नो एक जना नागरिक उक्त शिविरमा राखिएको थाहा पाएको थियो। उनलाई छुटाउने तयारी क्रममा अरू पनि त्यहीँ छन् भन्ने थाहा भएको द न्यूयोर्क टाइम्सले लेखेको छ।

रिहा गरिएका चारमध्ये एक जना एउटा भवनबाट र बाँकी तीन जना करिब दुई सय मिटर परको अर्को भवनबाट उद्धार गरिएका हुन्।

ADV

सम्बन्धित खबर