२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

इजराइलका ४ बन्धक छुटाउन २२० भन्दा धेरै प्यालेस्टिनीको हत्या  

Nada
२०८१ जेठ २७ गते १६:४०
Shares
इजराइलका ४ बन्धक छुटाउन २२० भन्दा धेरै प्यालेस्टिनीको हत्या  

काठमाडौँ । इजराइलले २२० जनाभन्दा धेरै प्यालेस्टिनी मारेर आतंककारी समूह हमासको कैदमा रहेका आफ्ना चार नागरिकलाई शनिबार रिहा गराएको छ।

ncell

हमासले मध्य गाजास्थित नुसेरत शरणार्थी शिविरमा आफ्ना नागरिकलाई कैद राखेको सूचना पाएपछि इजराइलले ध्वंसात्मक सैनिक कारबाही गरेर रिहा गराएको हो।

इजराइलले सुरूमा आफ्नो एक जना नागरिक उक्त शिविरमा राखिएको थाहा पाएको थियो। उनलाई छुटाउने तयारी क्रममा अरू पनि त्यहीँ छन् भन्ने थाहा भएको द न्यूयोर्क टाइम्सले लेखेको छ।

रिहा गरिएका चारमध्ये एक जना एउटा भवनबाट र बाँकी तीन जना करिब दुई सय मिटर परको अर्को भवनबाट उद्धार गरिएका हुन्।

ताजा खबर

सम्बन्धित खबर