२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

जनार्दनले पार्टी फुटाउँछन् भन्ने आशंका थियो तर अब हट्यो : प्रचण्ड 

shivam cement
२०८१ भदौ १ गते ११:५२
Shares
जनार्दनले पार्टी फुटाउँछन् भन्ने आशंका थियो तर अब हट्यो : प्रचण्ड 

काठमाडौँ  :  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले पार्टी फुटाउँछन् भन्ने आशंका नगर्न आग्रह गरेका छन् ।  शनिबार पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौँ वार्षिक साधारणसभामा बोल्दै उनले स्थायी समितिको बैठकपछि यो आशंका हटेको बताए। 

केही मानिसहरूले ‘जनार्दनले पार्टी फुटाउँदै छन्’ भनेर सुनाउँदा आफूलाई पनि के भएको भन्ने लागे पनि स्थायी समिति बैठकको अन्त्यसम्ममा सबै आशंका हटेर गएको प्रचण्डले बताए । उनले शर्मासँग भएको पछिल्लो छलफलमा पनि पार्टीलाई एकताबद्ध बनाएर लैजाने विषयमा नै कुराकानी भएको जानकारी दिएका हुन् ।

उनले आज बिहान मात्र पनि उपमहासचिव शर्मा आफ्नो निवास खुमलटार आएको र अब एकताबद्ध भएर जाने कुरा गरेको जिकिर गरे । शर्माले उठाएका व्यवहारिक विषयहरू गम्भीर रहेको र त्यसलाई अध्ययन अनुसन्धान गरेर स्पष्ट पारिने पनि उनले जिकिर गरे ।


 

ताजा खबर

सम्बन्धित खबर