२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

पर्सामा ठूलो परिमाणमा लागूऔषधसहित एक जना पक्राउ

ADV
आबिद हुसेन
२०८१ भदौ १ गते १३:११
पर्सामा ठूलो परिमाणमा लागूऔषधसहित एक जना पक्राउ

वीरगञ्ज  : जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाणमा लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले पटेर्वासुगौली गाउँपालिका–४ अकवा गाउँबाट लागुऔषधसहित पर्साका ४० वर्षीय फुलसरिफ मियाँलाई पक्राउ गरेको हो ।

पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर १ मुडली बस्ने ४० वर्षीय मियाँलाई शंकास्पद रुपमा लुकिरहेको अवस्थामा पक्राउ गरेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए । निजको साथबाट ३० किलो लागुऔषध गाँजा बरामद गरिएको भारतीले बताए ।

मियाँलाई प्रारम्भिक सोधपुछ पछि नजिकै रहेको बाँसघारीमा खाल्डो खनी बोराभित्र लुकाई छिपाई राखिएको अवस्थामा थप १९२ किलोग्राम चरेश र २६७ किलोग्राम गाँजाको धुलो भेटिएको प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिए । 

पक्राउ परेका मियाँलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise