काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपालले हालै सम्पन्न केन्द्रीय समितिको बैठकले गरेका ६७ बुँदे समसामयिक राजनीतिक निर्णयहरु सार्वजनिक गरेको छ ।
शनिबार पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजबन्दी रिहाई र मुद्दा खारेजी, संघीयता कार्यान्वयन, संविधान संशोधनलगायतका विषयमा भएका निर्णयलाई पार्टीका तल्लो तहमा सर्कुलर समेत गरेका छन् ।
जसपा नेपालले भदौ ९ गते काठमाण्डौस्थित काठमाण्डौ ब्याङ्क्वेटबाट चार महिने आधारभूत संगठन निर्माण अभियान घोषणा गर्दैछ । पार्टीका अध्यक्ष यादवले एक कार्यक्रमका बीच अभियानको उद्घाटन कार्यक्रम रहेको छ ।
जसपाले आफ्ना चार सय पन्ध्र जना केन्द्रीय सदस्यलाई अभियन्ताको रुपमा पालिकामा संगठन निर्माणको लागि खटाएको छ भने केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई सो अभियानको अनुगमनकर्ता बनाउने भएको छ ।
हेर्नुहोस् निर्णयको सूची :