२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

प्रधानमन्त्री ओली र सभापति देउवाबीच छलफल

ADV
मध्यान्ह
२०८१ भदौ १ गते १७:०७
प्रधानमन्त्री ओली र सभापति देउवाबीच छलफल

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

भेटमा उनीहरुबीच सरकार सञ्चालन तथा भाबी योजनाबारे विचारविमर्शको भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले भेटबारे फेसबुकमा लेखेका छन्, ‘आज शनिबार ! नेपाली कांग्रेसका सभापति, पूर्वप्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो। केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए। सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा पनि कुरा भए ।’

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise