२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

‘प्राविधिक शिक्षा सिक्न चाहनेका लागि अवसर नै अवसर छ’

ADV
२०८१ भदौ २ गते ०६:३०
‘प्राविधिक शिक्षा सिक्न चाहनेका लागि अवसर नै अवसर छ’

विश्व सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा निरन्तर अगाडि बढेको छ । प्रविधि क्षेत्रमा नयाँ–नयाँ आविष्कार र प्रयोग भइरहेका छन् । सुचना प्रविधिको ज्ञान नै स्वरोजगारको प्रमुख हतियार बन्दै गएको छ । देशमा शैक्षिक रोजगार बढ्दै जाँदा टेक्निकल सिप सिकेकाहरु विश्व बजारमै माग बढ्दो छ । नेपालमा समेत पछिल्लो समय प्रविधिको क्षेत्रमा लाग्ने युवा पुस्ता बढ्दो छ । प्रस्तुत छ, बिगत १५ वर्षदेखि काठमाडौंमा प्राविधिक सिप सिकाउँदै आएको एलाइन्स प्रालिका सञ्चालक दिपक पोखरेलसँग मध्यान्हका छबि सापकोटाले गरेको कुराकानी । 

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सम्भावना बढ्दो छ, त्यसबाट नेपाली युवापुस्ताले लाभ कसरी लिनुपर्छ ? 

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको आवश्यकता नेपालमा मात्र होइन विश्वभरी नै बढेको छ । अहिले आइटी बिनाको संसारको कल्पना गर्न सकिँदैन । अबको माग र भविष्य नै आइटी र प्राविधिक क्षेत्र नै हो । अहिलेको समयमा शैक्षिक ज्ञान मात्रले हुँदैन भनेर प्रविधि क्षेत्रमा लाग्नेहरुको संख्या बढ्दो छ । यो राम्रो पनि हो । आज जोसँग प्राविधिक सिप छ राम्रो आम्दानी उसैले गर्छ । प्रविधि सिप भएको कुनैपनि व्यक्तिले विश्वको कुनैपनि क्षेत्रमा पुगेर रोजगार पाउन सक्छ । पछिल्लो समय आइटी जनशक्तिको माग विश्वभरी नै बढ्दै गएको छ । यो बेला राम्रो प्राविधिक सिप सिक्ने हो भने भविष्य छिटो उज्वल बन्छ । अहिले प्राविधिक सिप प्रति नयाँ पुस्ताको रुची समेत बढेको छ । औपचारिक शिक्षामा कमजोर भएर फेल भएकाहरुले समेत प्राविधिक क्षेत्रमा राम्रो गरिरहेका छन् । अहिले आइटी जानेका व्यक्ति विश्वको कुनै पनि कम्पनी र संस्थामा आवेदन दिँदा छनोटमा पर्छ । किनकी सिप सिकेको मान्छेको अभाव विश्वभर नै छ । 

प्राविधिक क्षेत्रको ज्ञान युवा पुस्ताको लागि कत्तिको आवश्यक छ ? 

हाम्रोमा प्रविधीक ज्ञान नभएकै कारण बेरोजगारी बढेको हो । त्यहि बेरोजगारीको कारण अहिले खाडी मुलुकमा कम तलबमा पनि नेपाली युवाहरु जानुपर्ने बाध्यता छ । प्राविधिक ज्ञान नहुने धेरैको सोच विदेश जानुपर्छ भन्ने छ । तर, प्राविधिक ज्ञान हुनेहरु स्वदेशमै अवसर देखिरहेका छन् । यदी प्राविधिक ज्ञान भएको व्यक्ति विदेश जाँदा भने राम्रो पैसा कमाइरहेका छन् । अहिले मोवाइल, ल्यापटप, कम्युटरसम्बन्धी रिपेयरिङको मात्र काम जान्ने हो भने बेरोजगार हुनै पर्दैन । सिप सानो होला तर, सिप सिक्ने व्यक्ति आत्मनिर्भर बन्छ । विदेश जानेले समेत एउटा कुनै आइटी क्षेत्रसँग कुनैपनि सिपमूलक तालिम सिकेर मात्र गयो भने त्यहाँ राम्रो आन्दानी गर्न सक्छ । 

नेपालमा किन प्राविधिक शिक्षालाई त्यति महत्व नदिइएको होला ? 

हाम्रोमा प्राविधिक शिक्षालाई शुरुमै औपचारिक शिक्षामा असफल भएकोले पढ्ने हो भन्ने भाष्य बनाइयो । तर, यो गलत थियो भन्ने बल्ल आएर थाहा भएको छ । अहिले डाक्टर, इञ्जिनियर, व्यवस्थापन पढेका विद्यार्थी रोजगारीको लागि भौँतारिनु परेको होला तर, प्राविधिक शिक्षा पढेकाहरु स्वरोजगार छन् । प्राविधिकको आधारभूत ज्ञान दिने शिक्षा सबैलाई दिने हो भने आत्मनिर्भर व्यवसाय नै प्राविधिक क्षेत्र हो । यहाँ प्राविधिक शिक्षा हरेक युवालाई आवश्यकता छ । अहिले आइफोनको टेक्निसियन बन्ने हो भने महिनाको एकलाख कमाउन कतै जान पर्दैन । अहिले ५० हजारको लागि परिवार छोडेर विदेश जानुपर्ने अवस्था छ । सिप हुने हो भने स्वदेशमै राम्रो आन्दानी गर्न सकिन्छ । नेपालमा युवा पुस्ता प्राविधिक बिषय पढ्ने समेत बढिरहेका छन् । 

प्राविधिक क्षेत्रप्रति नयाँ पुस्ताको रुची कस्तो पाउनु भएको छ ?

प्राविधिक ज्ञान भएको व्यक्तिको खोजी धेरै छ । युवाहरुको लागि अवसर नै हो यो । अहिले शौक्षिक बेरोजगार नेपालमा बढ्दो छ । त्यसैले प्राविधिक क्षेत्रबाट राम्रो आन्दानी हुने हुँदा युवा पुस्तामा प्राविधिक शिक्षाप्रति मोह बढ्दो छ । यसमा सरकारको भूमिका महत्वपुर्ण हुन्छ । हाम्रोमा सिटीईभिटी छ । विदेशका सिप सिकेर नेपाल आएका युवाहरुले सञ्चालन गरेका टे«निङ सेन्टरहरु समेत छन् । त्यसबाट दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ । विदेशबाट समेत प्राविधिक शिक्षामा अनुदान दिने गरेको छ । केन्द्रदेखि स्थानीय सरकारले समेत अब युवा पुस्तालाई बेरोजगार बनाउने भन्दा रोजगारी दिन प्राविधिक क्षेत्रमा लगानी बढाउन आवश्यक छ । 

अन्त्यमा, एलाइन्सले प्राविधिक सीप कसरी सिकाइरहेको छ ? 

एलाइन्सले बिगत १५ वर्षदेखि काठमाडौंको पुलतीसडकमा कम्युटर, ल्यापटप, आइफोनदेखि अन्य मोवाइल, म्याक लगायतको आधारभूत देखि चिप लेवसम्म अध्ययन गराइरहेको छ । युवा पुस्तामा प्राविधिक सिप आवश्यकतालाई प्रवद्र्धन गरिरहेको छ । विशेषगरी यहाँ एप्पलका मोवाइल, ल्यापटप, लगायत रिपेयरिङको काम समेत हुन्छ । यहाँबाट सिप सिक्नेले स्वदेशमै सानो पसलबाट शुरु गरेको व्यवसाय अहिले ठूलो व्यवसाय गर्न सफल भएका छन् । यो क्षेत्रमा लगशीलता हुने हो भने छोटो समयमा नै राम्रो उन्नती गर्न सकिन्छ । अरु क्षेत्रमा असफल भएकाहरुले यो क्षेत्रमा धेरै राम्रो काम गरेक छन् । यहाँ आठ कक्षा, एसईईदेखि मास्टर पढ्नेसम्म प्राविधिक सिप सिकेका छन् । यो फिल्डमा सिक्न चाहनेको लागि प्राविधिक क्षेत्रमा अवसर नै अवसर छ । हामीले काम गरेको प्रत्यक्ष अगाडि नै रिपेयर नै गर्ने गरेका छौं भने रोजगार बन्ने ग्यारेन्टीको तालिम समेत दिने गरेका छौं । अमेरिका, अष्टे«लिया, दुवईदेखि नेपालभरी नै हाम्रो सिप सिकेकाले काम गरेर राम्रो आम्दानी पनि लिएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise