२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

नवीन अभिलाषीको कथा संग्रह ‘दहाड’ सार्वजनिक

Nada
२०८३ वैशाख १३ गते १८:००
Shares
नवीन अभिलाषीको कथा संग्रह ‘दहाड’ सार्वजनिक

काठमाडौँ : लेखक तथा पत्रकार नवीन अभिलाषीको कथा संग्रह ‘दहाड’ विमोचन गरिएको  छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमका बीच उक्त पुस्तक विमोचन गरिएको हो ।

ncell

लेखक नारायण ढकाल, कुमारी लामा र समालोचक राजकुमार बानियाले संयुक्त रूपमा उक्त पुस्तक विमोचन गरेका थिए । यस संग्रहमा १२ वटा कथाहरू समावेश छन् । 

लेखक ढकालले ‘दहाड’ मा पञ्चायतकालीन समाजको यथार्थलाई उत्खनन गर्दै पीडा र संघर्षका कथाहरू भएको बताए । उनका अनुसार कथाहरूले त्यस समयमा दबिएका वर्गको जीवन यथार्थ सान्दर्भिक रूपमा चित्रण गरेको छ ।

कथाकार अभिलाषीले आफ्ना कथाहरूमा समाजको दुख, बेदना प्रस्तुत भएको बताए । हेपिएर रहेका मानिसहरूको कथा ‘दहाड’ मा रहेको उनको भनाइ छ । 

दाङका स्थायी बासिन्दा अभिलाषी हाल बाँकेमा रहेर पत्रकारितामा सक्रिय छन् । ‘दहाड’ उनको तेस्रो कृति हो । यसअघि उनका ‘ईश्वरको अस्थिपञ्जर’ र ‘मौलामा बाँधिएको राँगो’ शीर्षकका कविता संग्रह प्रकाशित भइसकेका छन् ।

सम्बन्धित खबर