२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

मधेश प्रदेश मन्त्रिपरिषद् विस्तार

ADV
मध्यान्ह
२०८१ जेठ २७ गते १९:११
मधेश प्रदेश मन्त्रिपरिषद् विस्तार

धनुषा : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज जनमत पार्टीका तर्फबाट त्रिभुवन साहलाई वन तथा वातावरण मन्त्री र मोहम्मद सकिल मियाँलाई विना विभागीय मन्त्री नियुक्त गरेका हुन् । यसअघि विना विभागीय राज्यमन्त्री  नियुक्त रञ्जुकुमारी मण्डल खङ्गलाई वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

मन्त्री साह सिरहाको क्षेत्र नं ४ को (क) बाट निर्वाचित भएका हुन् । उनीहरूलाई आजै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनियताको शपथ गराएका छन् ।

यससँगै मधेश प्रदेश मन्त्रिपरिषद् १६ सदस्यीय भएको छ । यसअघि मुख्यमन्त्री सिंहले १० मन्त्री र ३ राज्य मन्त्री नियुक्त गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise