२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

एक वर्षमा भित्रियो १४ खर्ब ४५ अर्ब रेमिट्यान्स

ADV
मध्यान्ह
२०८१ भदौ २ गते १४:२६
एक वर्षमा भित्रियो १४ खर्ब ४५ अर्ब रेमिट्यान्स

काठमाडौं : गएको आर्थिक वर्ष २०८०/८१ मा करिब साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । 

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार आव २०८०/८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । 

यो अघिल्लो आव २०७९/८० को तुलनामा १६.५ प्रतिशत धेरै हो । अघिल्लो आर्थिक वर्षमा भने रेमिट्यान्स २३.२ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा रेमिट्यान्स यस वर्ष १० अर्ब ८६ करोड भित्रिएको छ । यो गत आवको तुलनामा १४.५ प्रतिशत धेरै हो । अघिल्लो आवमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशत धेरै भित्रिएको थियो ।

गएको एक वर्षको अवधिमा वैदेशिक रोजगारीका निम्ति अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या चार लाख ६० हजार १०३ छ । पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ८१ हजार १९९ छ ।

ADVADV

सम्बन्धित खबर

Advertise