२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

बागमती प्रदेशको मुख्यन्यायाधिवक्तामा काफ्ले

ADV
मध्यान्ह
२०८१ भदौ २ गते १४:२८
बागमती प्रदेशको मुख्यन्यायाधिवक्तामा काफ्ले

हेटौँडा : बागमती प्रदेशको मुख्यन्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त भएका छन् । 

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्यमन्त्री बहादुरसिंह लामाको सिफारिसमा काफ्लेलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए ।

पच्चीस वर्षदेखि निरन्तर कानुन व्यवसायीका रुपमा कार्यरत उहाँले यसअघि पूर्वकानुन तथा न्यायमन्त्री भीमबहादुर तामाङ र पूर्वमहिला तथा समाजकल्याणमन्त्री लीला कोइरालाको सल्लाहकार भएरसमेत काम गरिसकेका छन् ।

नेपाल बार एशोसिएसनको सदस्य रहेका काफ्ले नेपाल बार एशोसिएसन र काठमाडौँ जिल्ला बारका विभिन्न समिति रहेर काम गरिसकेका छन् । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise