२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

बलियो टिमसहित सागर पाण्डे टान नेतृत्वको दाबेदार

ADV
मध्यान्ह
२०८१ भदौ २ गते २०:१३
बलियो टिमसहित सागर पाण्डे टान नेतृत्वको दाबेदार

काठमाडौं : ट्रेकिङ व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को नयाँ कार्यसमिति निर्वाचनका लागि अध्यक्षका प्रत्याशी सागर पाण्डेले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् ।

यही भदौ १७ गते हुन लागेको टानको  वार्षिक साधारणसभा तथा निर्वाचनका लागि आइतबार एक कार्यक्रमबीच पाण्डे समूहले उम्मेदवारी घोषणा गरेको हो । पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, प्रथम उपाध्यक्षमा दावा लामा र द्वितीय उपाध्यक्षमा निशेष थापाले उम्मेदवारी घोषणा गरेका छन् ।

यस्तै, महासचिवमा सोनाम शेर्पा, सचिवमा सजना त्रिपाठी, कोषाध्यक्षमा गणेशप्रसाद न्यौपाने र सहकोषाध्यक्षमा डम्बर अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । पाण्डे समूहका तर्फबाट कार्यसमिति सदस्यमा माधवकुमार धमला, विनोदकुमार तामाङ, सृष्टि भण्डारी, फुर्बु छिरिङ भोटे, उत्सव ढकाल, शिवप्रसाद सिलवाल र अम्बिरबहादुर गुरुङलेसमेत उम्मेदवारी घोषणा गरेका छन् । 

उम्मेदवारी घोषणा कार्यक्रममा वरिष्ठ पर्यटन व्यवसायी डा. रामशरण थपलियाले आफू पनि टान अध्यक्षको उम्मेद्वार भएको तर सागर पाण्डे जस्तो व्यवसायीक व्यक्तिले उम्मेद्वारी दिएका कारण आफूले समर्थन गरेको बताए । थपलियाले व्यवसायीक र अनुभवी व्यक्ति रोजेर टानको नेतृत्व छान्न टान सदस्यहरुलाई आग्रह समेत गरे । 

त्यसैगरी टानका अध्यक्ष निलहरी बाँस्तोलाले सागर पाण्डेको टिम महत्वपूर्ण, जुझारु र व्यवसायीक भएकै कारण आफूले उनलाई समर्थन गरेको बताए । 

बास्तोलाले टानलाई राजनीतिक थलोका रुपमा प्रयोग नगर्न र नगराउन व्यवसायीहरुलाई अनुरोध पनि गरे ।

उनले व्यवसायिक संस्थामा राजनीति हावी भएपछि संस्था नै धरापमा पर्न सक्ने बताए । 

टान अध्यक्षका प्रत्यासी सागर पाण्डेले व्यवसायीहरुकै अनुरोधमा आफू टानमा नेतृत्वका लागि अग्रसर भएको भन्दै आफूलाई मतदान गर्न सबै टान सदस्यहरुलाई आग्रह गरे ।

पाण्डेले पर्वतीय पदयात्रा व्यवसायमा क्रियाशील व्यवसायी र मजदुरलाई प्रत्यक्ष फाइदा पुग्नेगरी ‘बृहद् टान अक्षयकोष’ निर्माण आफ्नो प्राथमिकता रहेको बताए । पछिल्लो समय स्थानीय तहले जथाभावी रुपमा मोटरबाटो खन्दा पदमार्गहरु मासिँदै गएकाले त्यसको संरक्षणका लागि आफूले काम गर्ने उनले बताए । 

पदयात्रा व्यवसायमा लगाइएको भ्याट समसाययिक नभएको भन्दै त्यसको पुनरावलोकनमा आफूले काम गर्ने उनले प्रतिबद्धता जनाए । यस्तै उनले आफू टानमा गएपछि व्यवसायी र कर्मचारीका समस्यालाई मध्येनजर गरेर अघि बढ्ने भन्दै २२ बुँदे घोषणा पत्र छिट्टै सार्वजनिक गर्ने बताए । 

पाण्डेलाई व्यवसायी संगठनहरुको समर्थन

अध्यक्षका उम्मेदवार पाण्डेलाई विजयी गराउन साझा समूहले समर्थन गरेको छ । संस्थापक लोकतान्त्रिक पर्यटन संघ, रेखाबहादुर अधिकारी(कुमार), गतिशील पर्यटन व्यवसायी समूह(निरोज कर्माचार्य), गतिशील पर्यटन व्यवसायी समूह(निरोज कर्माचार्य), पर्यटन व्यवसायी संगठन नेपाल(कुमार थापा), नेपाल पर्यटन व्यवसायी संगठन(नवराज पाण्डे) र शेर्पा पर्यटन व्यवसायी संघ(शोनाम ग्योल्जेन शेपा)ले साझा समूह बनाउने सहमतिसँगै समर्थन जनाएको हो । 

ADVADV

सम्बन्धित खबर

Advertise