२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सिटिजन्सको ‘पार्टनर फर प्रोग्रेस’का विजेतालाई पुरस्कार प्रदान

ADV
मध्यान्ह
२०८१ भदौ २ गते २०:४०
सिटिजन्सको ‘पार्टनर फर प्रोग्रेस’का विजेतालाई पुरस्कार प्रदान

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले पार्टनर फर प्रोग्रेस नामक फेसवुक भिडियो प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरेको छ । बैंकले जेठ र असार महिनामा उक्त कार्यक्रमको आयोजना गरेको थियो ।

व्यक्तिगत वा व्यावसायिक रुपमा प्रगतिमा साथ दिने र जीवनमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्‍याउने व्यक्ति वा संघ संस्थालाई सबै माझ चिनाउने र सम्मान गर्ने उद्देश्यले बैंकले सो प्रतियोगिताको आयोजना गरेको थियो । 

प्रतियोगिताको समाप्तीसँगै छानिएका उत्कृष्ट तीन बिजेतालाई बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकमा आइतबार आयोजित एक समारोहका बीच सम्मान स्वरुप चेक हस्तान्तरण गरेका छन् ।

उक्त प्रतियोगितामा उत्कृष्ट भएकी निकिता गुरुङ, द्वितीय बबिता दुलाल बस्ताकोटी र तृतीय कृशल श्रेष्ठलाई क्रमशः नगद पुरस्कार ५० हजार, ३० हजार र २० हजार रुपैयाँ प्रदान गरिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise