काठमाडौं : कजारिया रमेश टायल्स लिमिटेडले धनगढीमा राठी इन्टरप्राइजेजद्वारा सञ्चालित कजारिया ग्यालेक्सी शोरुमको उद्घाटन गरेको छ । शोरुम अत्याधुनिक र पश्चिम नेपालमा सबैभन्दा ठूलो टायल्स शोरुमको रुपमा रहेको कम्पनीले दाबी गरेको छ ।
कार्यक्रममा कम्पनीका निर्देशक हिमांशु अग्रवाल, कजारिया रमेश टायल्स लिमिटेडका कन्ट्री म्यानेजर प्रवीण सिंह, धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल, र धनगढी उपमहानगरपालिका वार्ड नं ४ का अध्यक्ष बुद्धि बहादुर खड्का सहित स्थानीयवासीको उपस्थिति थियो ।
धनगढीको मुख्य सडकमा रहेको यस शोरुमले स्थानीय अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने र रोजगारीका नयाँ अवसरहरु सिर्जना गर्नुका साथै क्षेत्रको समग्र विकासमा योगदान पुर्याउने कम्पनीको भनाइ छ ।
कजारिया रमेश टायल्स लिमिटेड नेपालको एक प्रमुख व्यापारिक समूह रमेश कर्प र भारतको नम्बर १ टायल कम्पनी कजारिया सिरामिक्स लिमिटेडबीचको संयुक्त उत्पादन हो । कम्पनीले नेपालभर डिजिटल भिट्रिफाइड ग्लेज्ड टाइल्सहरु बिक्री गर्ने गर्दछ ।