२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

वार्षिक लक्ष्यको सात दशमलव ५५ प्रतिशत राजस्व सङ्कलन

ADV
मध्यान्ह
२०८१ भदौ ३ गते १३:३९
वार्षिक लक्ष्यको सात दशमलव ५५ प्रतिशत राजस्व सङ्कलन

झापाः आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा रु. ३० करोड २३ लाख २६ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको सात दशमलव ५५ प्रतिशत हो । 

आन्तरिक राजस्व कार्यालयको चालु आवमा रु. चार अर्ब ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको सूचना अधिकारी एंव कर अधिकृत भीमप्रसाद आचार्यले जानकारी दिए । ‘साउनमा रु. ३२ करोड ८७ लाख ८५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ९१ दशमलव ९५ प्रतिशत राजस्व सङ्कलन भयो, लक्ष्यअनुसार राजस्व सङ्कलन भएन’, उनले भने । 
  
आन्तरिक राजस्व कार्यालयले साउनमा आयकरबाट रु. आठ करोड ९१ लाख तीन हजार, ब्याजबापत रु. दुई करोड ४० लाख ८७ हजार, मूल्य अभिवृद्धि करबापत रु. ११ करोड ६५ लाख २९ हजार र अन्तःशुल्कबापत रु. छ करोड ८९ लाख ३७ हजार राजस्व सङ्कलन गरेको छ । गत आव २०८०/८१ को पहिलो महिनामा रु. २८ करोड ९६ लाख राजश्व सङ्कलन भएको कर अधिकृत आचार्यले बताए । 

ADVADV

सम्बन्धित खबर

Advertise