२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

जसपा नेपालले तोक्यो केन्द्रीय सदस्यका लागि कार्यादेश

ADV
मध्यान्ह
२०८१ भदौ ३ गते १३:४६
जसपा नेपालले तोक्यो केन्द्रीय सदस्यका लागि कार्यादेश

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा)नेपालले आफ्ना अभियन्ता केन्द्रीय सदस्यका लागि कार्यादेश तोकेको छ । यही भदौ ९ गते आधारभूत सङ्गठन निर्माणको चार महिने अभियानको उद्घाटन गर्न लागेको जसपाले केन्द्रीय अभियन्तालाई कार्यादेश तोकेको सो पार्टीका केन्द्रीय सदस्य पूर्ण बस्नेतले जानकारी दिए । 

उनका अनुसार पार्टी अध्यक्ष उपेन्द्र यादवले आइतबार परिपत्र जारी गरी वैचारिक तथा राजनीतिक प्रशिक्षण सञ्चालन गर्नेगरी केन्द्रीय सदस्यको कार्यादेश तय गरेका छन् । त्यसअनुसार केन्द्रीय अभियन्ताले पार्टीको विधान, पार्टीको एकताको राष्ट्रिय महाधिवेशनमा प्रस्तुत राजनीतिक दस्तावेजका सम्बन्धमा प्रशिक्षणको आयोजना गर्नुपर्ने केन्द्रीय सदस्य बस्नेतले बताए । उनले भने, “विभिन्न राजनीतिक दलहरूसँग जसपाको राजनैतिक–वैचारिक भिन्नता, उत्पीडित जाति/समुदायको पहिचान, राजनीतिक अधिकार, राज्यमा समान प्रतिनिधित्व, सामाजिक विभेदलगायत विषयको उजागर गर्ने कामसमेत अभियन्ताले गर्नेछन् ।”

पार्टीका चार सय १५ केन्द्रीय अभियन्तालाई पार्टीको आदर्श सङ्घीयता, सुशासन, सामाजिक न्याय र समाजवाद तथा पार्टीको लक्ष्य, समाजवादी लोकतन्त्रको अवधारणाबारे र समसामयिक राजनीतिक परिस्थिति तथा पार्टीको दृष्टिकोण प्रस्ट्याउने गरी केन्द्रीय नेतालाई अभियानमा खटाइने भएको छ । 

चुरे वन संरक्षण सम्बन्धमा जनजागरण अभियान सञ्चालनलाई पनि जसपा नेपालले केन्द्रीय सदस्यको अभियानको कार्यादेश भनी निर्धारण गरेको छ । जसपा नेपालको गएको साउन ३० गते सम्पन्न केन्द्रीय समितिको बैठकले केन्द्रीय सदस्यलाई अभियन्ताका रूपमा चार महिना पालिकामा सङ्गठन निर्माणका लागि खटाउने निर्णय गरेको केन्द्रीय सदस्य बस्नेतले बताए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise