२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

मनोनीत केन्द्रीय सदस्यलाई शपथ गराइँदै

ADV
मध्यान्ह
२०८१ भदौ ३ गते १४:००
मनोनीत केन्द्रीय सदस्यलाई शपथ गराइँदै

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) ले थप गरेका दुई सय ५१ केन्द्रीय सदस्यलाई यही भदौ ९ गते काठमाडौँमा शपथ गराउने भएको छ ।

महाधिवेशन सम्पन्न भए लगत्तै मनोनीत ती सदस्यलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले शपथ गराएपछि औपचारिक रूपमा पदीय जिम्मेवारी तथा संघठनका गतिविधिमा सदस्यलाई क्रियाशील गराइने छ । पार्टीले केन्द्रीय सदस्यमा नपरेका नेतालाई विभिन्न विभागमा व्यवस्थापन गर्न लागेको हो ।

पार्टीले केन्द्रीय कमिटी सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ । शपथ ग्रहण कार्यक्रमपछि सोही दिनदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा केन्द्रीय विभागका संरचनाको निर्माणका लागि छलफल गरिने छ । बैठकले पदाधिकारी छनोटका लागि कार्यविधि तथा मापदण्ड बनाउने केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिए ।

पदाधिकारीका आकांक्षी धेरै भएपछि सातै प्रदेशबाट भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर केन्द्रीय कमिटीको पूर्ण बैठकले पदाधिकारी चयन गर्न मापदण्ड बनाउन लागेको छ । बैठकले क्लष्टरका आधारमा केन्द्रीय कमिटीमा नेतालाई व्यवस्थापन गर्ने विषयमा समेत छलफल सोही बैठकमा गरिनेछ । 

नेताहरूको योगदान तथा कार्यक्षमताका आधारमा पार्टीले युवा, दलित, जनजाति, अल्पसङ्ख्यक, पिछडिएका वर्गलाई पदाधिकारीमा समेट्ने जनाएको छ ।

पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय कमिटीमा अहिले अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी छन् । पार्टीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारी रिक्त रहेकाले नेताहरूको योगदान र कार्यक्षमताका आधारमा पदाधिकारी छनोट गरिने नेता पाण्डेयले जानकारी दिए। 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise