२०८२ जेठ ५ गते सोमवार / May 19 , 2025 , Monday
२०८२ जेठ ५ गते सोमवार
Ads

जनताको अधिकार खोस्न खोजिएको होइन : उपप्रधानमन्त्री सिंह

मध्यान्ह
२०८१ भदौ ३ गते १५:०९
जनताको अधिकार खोस्न खोजिएको होइन : उपप्रधानमन्त्री सिंह

काठमाडौँ : उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधान संशोधन गरेर जनताको अधिकार खोस्न खोजेको भनेर भइरहेको प्रचारमा सत्यता नभएको बताएका छन् । 

काठमाडौँमा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाली काँग्रेस र नेकपा (एमाले) जनताको अधिकारका लागि लडेको दल भएको जिकिर गरे । उनले भने, “संविधान संशोधन गरेर सरकारले भएको अधिकांश व्यवस्था कटौती गर्छ भन्ने दुष्प्रचार भइरहेको छ, काँग्रेस र एमाले अधिकारका लागि लडेको दल हो, यी दुई दल सरकारमा गएर त्यो कटौती हुँदैछ भनेर गरिएको हल्लामा कुनै सत्यता छैन ।” 

राजनीतिक स्थायित्व दिन काँग्रेस एमालेसँग मिलेको उपप्रधानमन्त्री सिंहले बताए । “सात–आठ महिनामा सरकार परिवर्तन भइराख्ने, टिक्ने वा नटिक्ने अन्योलमा रहने सरकारले केही गर्न नसक्ने भएकाले ठुला दुई दल मिलेको छौँ, यो सरकार बनेपछि अर्थतन्त्रलाई लयमा ल्याउन सकारात्मक प्रयास भइरहेको छ, अर्थतन्त्रलाई अगाडि बढाउन सरकारले काम गरेर देखाउँछ ।”
 

ADV

सम्बन्धित खबर