२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

मंगलबार विश्वासको मत लिँदै लुम्बिनीका मुख्यमन्त्री आचार्य

ADV
मध्यान्ह
२०८१ भदौ ३ गते १७:२३
मंगलबार विश्वासको मत लिँदै लुम्बिनीका मुख्यमन्त्री आचार्य

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार विश्वासको मत लिँदैछन् । 

लुम्बिनी प्रदेशसभा सचिव दुर्लभ पुन मगरका अनुसार मगंलबार बस्ने लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २५ औँ बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

विश्वासको मतको पक्षमा मतदान गर्न नेकपा एमाले, नेपाली कांग्रेस, जनमत पार्टी र नागरिक उन्मुक्तिसहित साना दलले ह्विप जारी गरेका छन् । 

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सचेतक निमा गिरीले नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई मंगलबारको प्रदेशसभामा उपस्थित भएर मुख्यमन्त्रीको पक्षमा मतदान गर्न ह्विप जारी गरेको बताइन् ।

त्यस्तै एमाले संसदीय दलको बैठकले पनि विश्वासको मतको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेका छन् ।

गत साउन ७ गते आचार्य कांग्रेसका २७ र एमालेका २९ गरी ५६ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ८७ सांसद रहेको लुम्बिनी प्रदेशसभामा आवश्यक बहुमतको लागि ४४ सांसद चाहिन्छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise