२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

परराष्ट्रमन्त्री राणा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

ADV
मध्यान्ह
२०८१ भदौ ३ गते २१:०३
परराष्ट्रमन्त्री राणा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी छन् । सोमबार साँझ हैदरावाद हाउसमा उनीहरूबीच भेटवार्ता भएको हो ।

उनीहरूबीच  नेपाल-भारत सम्बन्धका विविध पक्ष, आपसी हित र पारस्परिक सहयोगका विषयमा छलफल भएको भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ ।

सोक्रममा प्रधानमन्त्री केपी ओलीले समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि पठाएको निमन्त्रणापत्र परराष्ट्रमन्त्री राणाले हस्तान्तरण गरेकी छन् ।

यसअघि परराष्ट्रमन्त्री राणाले समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन् । भेटवार्ताले दुई देशबीचको सम्बन्ध थप घनिष्ट हुने विश्वास परराष्ट्र मन्त्री राणाको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise