२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

कम्युनिष्टहरूभित्र हुनुपर्ने समीक्षा

ADV
२०८१ भदौ ४ गते ०६:३०
कम्युनिष्टहरूभित्र हुनुपर्ने समीक्षा

–लेखराज रेग्मी

भ्यादिमिर इल्यिच लेनिनलाई २०औं शताब्दीका सबैभन्दा महान् नेताको रूपमा हेरिन्छ । उनको नेतृत्वमा अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भएको थियो । जसले सम्पूर्ण मानव जातिको विकास क्रमलाई मौलिक रूपमा बदल्न सफल भएको थियो । उक्त क्रान्ति सम्पन्न गरिसकेपछि लेनिनले पार्टीको नाम परिवर्तन गरेर कम्युनिष्ट पार्टी नाम राखेका थिए । पहिलो र दोस्रो इन्टरनेशनल समाजवादी इन्टरनेशनल थिए र तेस्रो इन्टरनेशनलको नाम कम्युनिष्ट इन्टरनेशनल राखिएको थियो । 

यता, चीनमा जनवादी क्रान्तिको ठुलो कार्यभार कोमिन्ताङले पुरा गरेको थियो तर, सनयात सेन पछिको कोमिन्ताङ विभाजित भयो र कम्युनिष्ट पार्टी मातहत पि.एल.ए. गठन र बिस्तारमा सहभागी भयो । नेपालको सन्दर्भमा जसरी कम्युनिष्टहरू नेपाल कम्युनिष्ट पार्टी निर्माण गर्दै २००७ सालमा मुक्ति सेना बनाएर लडेका थिए, चीनमा पनि सनयात सेनको नेतृत्वमा कम्युनिष्टहरू क्रान्तिमा सामेल भएका थिए । त्यसै कारण सनयात सेनले कम्युनिष्ट पार्टीसँग सहकार्यको नारा दिएका थिए । सेना पार्टी र सरकारमा च्याङ काइ सेक आएपछि उनले साम्राज्यवादीहरूसँग मिलेर कम्युनिष्ट विरोधी अभियान चलाउन थालेपछि आफ्नो सेना बनाएर कम्युनिष्टहरूले गृहयुद्ध नै चलाएका थिए । उनीहरूले कोमिन्ताङबाट सकारात्मक तत्वलाई आफ्नो पक्षमा पार्न सफलता पाए । चीनमा भने सुरुदेखि नै कम्युनिष्ट पार्टी गठन गरिएको थियो ।

मार्क्सले समाजवादको कुरा गरिरहँदा जर्मन फ्रान्सभन्दा छिट्टै ब्रिटिस मजदुरहरूले सत्ता लिनेछन् भन्ने कल्पना गरेका थिए । त्यति बेला जर्मन फ्रान्स र ब्रिटेन औद्योगिक केन्द्र मात्रै थिएनन्, मजदुर आन्दोलनका केन्द्र पनि थिए । रुस धेरैपछि परेको थियो तर, समाजवादी क्रान्तिको केन्द्र भने रुसतिर स¥यो । रुसले समाजवादी सत्ता स्थापना ग¥यो, युद्धको समयमा सत्तालाई असहयोग गर्ने र कमजोर बनाउने तथा युद्ध विरोधी संघर्ष उठाएर सत्ता परिवर्तन गर्ने नीति दोस्रो इन्टरनेशनलले पास ग¥यो । तर, यो निर्णय कार्यान्वयन गरिएन, रुसले गरेर देखायो । यही मतभेदको परिणाम दोस्रो इन्टरनेशनल विघटन भयो र कम्युनिष्टहरूले तेस्रो इन्टरनेशनल गठन गरे । 

रुसमा पनि अक्टोबर क्रान्ति सम्पन्न गर्न सेनाले जारको विरुद्ध क्रान्तिकारीहरूलाई साथ लिएको थियो । क्रान्ति सम्पन्न हुन सेनाले सरकारको विरोध र जनतालाई साथ दिने स्थिति बन्नुपर्दो रहेछ । सायद युद्ध सम्बन्धी नीतिमा हामी पटक–पटक चुकेका छौँ । के.आइ. सिंह, भिमदत्त पन्त, निर्मल लामा तथा अन्य कमान्डरहरूलाई लिएर त्यति नै बेला सेना गठन गरेर जान सकेको भए फरक स्थिति बन्ने थियो होला त ? दरबार हत्याकाण्डपछि सेना र प्रहरी माझ गम्भीर ढङ्गले जिम्मेवारीपूर्वक पहल लिन परिस्थिति उपलब्ध थियो । हामीले क्युबाको क्रान्तिबाट कति सिक्न सक्यौँ भन्ने पनि हो । जबसम्म हामीले आन्तरिक र बाह्य सन्दर्भलाई राम्रोसँग केलाउँदैनौ तबसम्म हामीले सही मार्गचित्र तयार गर्न सक्दैनौ । नेपाली कम्युनिष्ट आन्दोलन अलमल पर्नुमा एकातिर बाह्य घटनाको सही समीक्षा नुहुन र अर्कोतिर आन्तरिक अवस्थालाई ध्यान नदिनु हो । हामी समीक्षा गर्दैछौं, सायद यो प्रश्न यस पटकका आन्तरिक बैठकमा गम्भीर छलफल हुनेछन् भन्ने आशा छ ।

(रेग्मी, नेकपा माओवादी केन्द्रका नेता हुन् ।)

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise